Thursday 21 August 2014

घर

माथी नीलो आकाश
तल नीलो समुन्द्र
वीचमा हुनेछु म
एउटा ठुलो चिल गाडीमा
मेरो घर जाने दीन आयो ।

एउटा अटैँचीमा आँए
कत्ती रहरहरु ल्याँए
सप्पै आफ्नाहरु लत्याँए
धेरै अपुरा हुँदा हुँदै
मेरो घर जाने दीन आयो ।

रहर संगै आएको म
रहर गरेरै जान आँटे
पुग्नु अगावै फर्कीन पर्ने
दीन गन्नु पर्ने होला
मेरो घर जाने दीन आयो ।
२१/०८/२०१४ १०:०५

No comments:

Post a Comment

here is the comment for this post.