Tuesday 29 January 2013

औंठा छाप


हिजो जनवरी २८ गते एउटा परिवर्तन आयो, मनमा उमङ्ग , नया जाँगर , नौलो सोच लिएर आयो , ठ्याक्कै २८ गते भन्दा दुइदिन अगाडिको सनिबारले अलिकति मानसिक परिवर्तन लिएर आएको थियो, समय को जालो बनेर आएको थियो, अल्झिएको जालो फुकाउने तरखर गर्दै आएको थियो बस, एउटा आग्रहको पर्खाईमा थियो होला सायद,(म गलत पनि हुन सक्छु किनकि आज सम्म सत्य तेती मैले भोगेको छैन जुन रुपमा भोग्नु पर्ने हो )

बिबिध उतारचढाव र उथलपुथल सहित अगाडी दौडिरहेको यो समय लाई रोक्ने न मेरो खुबी थियो, नत कुनै तरिका नै थियो, बस थियो त एउटा गुनासो.  धन्य, त्यो सोमबार को बिहानीलाइ जसले मेरो जालो फ़ुकाइदियो, बाटो हरु उज्यालो बनाइदियो अनि मेरा नजिकमा रहेकाको अनुहारमा खुसि को रंग छाहिदियो .

खुसि हुनु र दुखि हुनु एकै सिक्काका दुइ पाटा हुन्, समय सबैको आउछ भन्थे बुढापाका, ऐले मेरो नि समय आएको हो कि जस्तो भान हुन लाएको छ, हेर्दै जाम २८ गते को यो परिवर्तन ले कत्तिको बास्तबिक परिवर्तन ल्याउँदो रैछ

(येसो मनको कुरो लेख्या के ) २२:१८

No comments:

Post a Comment

here is the comment for this post.